बाल अधिकार र बालमैत्री स्थानीय शासन – तालिम- मेलम्ची

मेलम्ची नगरपालिकाको आयोजनामा बाल अधिकार र बालमैत्री स्थानीय शासन सम्बन्धि २ दिने अभिमुखिकरण तालिम आजबाट मेलम्चीमा सुरु भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालको सभापतित्वमा संचालित कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, बिद्यार्थी तथा सरोकारवाला निकायको उपस्थिति रहेको छ । कार्यक्रममा बोल्दै मेलम्ची नगरपालिकाका उप प्रमुख भगवति नेपालले ३ बर्ष भित्र बालमैत्री नगर घोषणा गर्ने गुरुयोजना अनुसार हरेक वडाबाट सुचक तथ्याङक संकलनको कार्य भईरहेको बताउनुभयो । कार्यक्रम उद्घाटन सत्रका प्रमुख अतिथि वाग्मति प्रदेश सासंद इन्द्रमाया गुरुङले वडा देखि नगरसम्मका स्थानीय तहले बालबालिकाको सुशासन, बाल अधिकारको बिषयमा जिम्मेवार रहनु पर्ने, बालश्रम मुक्त समाज निर्माणको लागि नीति र कार्यक्रम बालमैत्रि भएता पनि व्यवहारमा लागु गर्न नसकिएकोले सबैले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारी निर्देशक मिलन धरेल र तिलक पौड्यालको सहजिकरण संचालित कार्यक्रममा बोल्दै मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले नगरपालिकाले महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङता भएका ब्यत्तिको बिकासको लागि काम गरीरहेको बताउनुभयो । बालबालिकाले घर समाज देखि बिभिन्न निकायमा कस्तो व्यवहार पाईरहेका छन् भन्ने कुरालाई सबैले मनन गर्नुपर्ने बतानुभयो । कार्यक्रम भोलि सम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here