बाबुको मुख हेर्ने दिनको अवसरमा फिल्म ‘महापुरुष’को नयाँ गीत ‘बा’ रिलिज

११ भदौ, काठमाडौं । बाबुको मुख हेर्ने दिनको अवसरमा फिल्म ‘महापुरुष’ले नयाँ गीत ‘बा’लाई इन्टरनेट रिलिज गरेको छ ।

बाबु र सन्तानबीचको सम्बन्धको महत्व दर्शाउने गीत मर्मस्पर्शी लाग्छ ।

frontline

रिदम कँडेलको स्वर तथा संगीत रहेको गीतलाई नवराज पराजुलीले लेखेका हुन् । गीतमा हरिवंश आचार्य र नवनायक अरुण क्षेत्री फिचर्ड छन् ।

कात्तिक ११ गते रिलिज हुने तयारीमा रहेको फिल्ममा महजोडीसहित गौरी मल्ल, रविन्द्रसिंह बानियाँ, राजाराम पौडेल लगायतको अभिनय छ । म्याक्स दिपेश खत्रीले निर्माण गरेको फिल्म प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here