बाढीले सडक बगाउँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध

फाइल तस्बिर

बागलुङ । निरन्तर वर्षाको कारण बडिगाड खोलामा आएको बाढीले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोक मार्ग अन्तरगतको बागलुङ–बुर्तिबाङ सडक खण्डको तुरतुरेमा खण्ड बाढीले सडक बगाउँदा आवताजावत ठप्प भएको हो ।

सडक अवरुद्ध हुँदा पश्चिम बागलुङको जनजीवन प्रभावित बनेको छ । अवरुद्ध सडक खुलाउन केही समय लाग्ने स्थानीयको भनाई छ । पश्चिम बागलुङको लाइफलाइनका रुपमा रहेको यस सडक अवरुद्ध हुँदा निसी, भूजी र तमान क्षेत्रका जनता मर्कामा परेका छन् ।

frontline

त्यस्तै सालझण्डी ढोरपाटन सडक खण्ड अन्र्तगत ढोरपाटन ९ बोबाङ क्षेत्रका विभिन्न स्थानमा बाढीले सडक बगाएपछि उक्त सडक खण्ड पुनः अवरुद्ध भएको छ । दुई साता अगाडी पनि यो सडक खण्ड अवरुद्ध बनेको थियो ।

तमानखोलामा यस वर्षकै अत्याधिक मात्रामा आएको बाढिले तमानखोला गाउँपालिका अन्र्तगत खुङ्खानी, बोङगादोभान लगाएतका ग्रामीण क्षेत्रका अधिकांश सडक बाढि पहिरोका कारण अवरुद्ध बनेका छन् ।

सडक अवरुद्ध हुँदा बिरामीलाई अस्पताल ल्याउन समेत समस्या परेको बताइएको छ ।

सोमबार राती करिब २ बजेदेखि बडिगाड खोलामा आएको बाढीका कारण बुर्तिबाङ बजार लगायत तल्लो तटिय क्षेत्रका बासिन्दा त्रसित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here