बाढीले मेलम्ची-हेलम्बुका ठाउँ-ठाउँमा बाटो बगाउँदा यातायात अवरुद्ध,स्थानीय रातभर घर बाहिर बस्न बाध्य

फाइल तस्बिर

५ साउन, काठमाडौं । गए रातिको वर्षासँगै आएको बाढीले मेलम्ची-हेलम्बु सडकखण्डका ठाउँ-ठाउँमा बाटो बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ ।

बाढीले हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक भत्काएको छ । यस्तै हेलम्बुको ढुङ्गेबजार र मेलम्चीको सीमखेतमा पनि सडक अवरुद्ध भएको छ ।

frontline

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्ष कुमार बस्नेतले बाटाहरु अवरुद्ध भए पनि जिल्लामा मानवीय र भौतिक क्षतिको विवरण प्राप्त नभएको जानकारी दिए ।

गएराति भारी वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागले सतर्कताको सूचना जारी गरेको थियो । सो सूचना अनुसार प्रभावित क्षेत्रका बासिन्दा रातभर घर बाहिर बस्न बाध्य भएका थिए ।

गए राति सिन्धुपाल्चोकको मेलम्ची खोलास्थित नाकोटे र आसपासमा भारी वषर्ा मापन भएको थियो ।

जलसतह बढेपछि मेलम्चीको तटीय क्षेत्रमा बाढी तथा भिरालो जमिन भएको ठाउँमा पहिरो जानसक्ने भएकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here