बाढीले बबई नदीको जब्दीघाटको पुल बगायो

२२ असोज, बर्दिया । मङ्गलबार रातिदेखिको अविरल वर्षापछि आएको बाढीले बबई नदीको जब्दीघाटको पुल बगाएको छ । 
 
बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिका जोड्ने पुल आठ वर्ष अघि निर्माण भएको थियो । विसं २०७१ मा बबईमा आएको बाढीले उक्त पुलको बीच भागको पिलर धस्सिएपछि क्षतिग्रस्त भएको थियो ।

केही दिनयताको लगातारको वर्षापछि बबई नदीको सतह बढ्ने क्रममा क्षतिग्रस्त बनेको पुलको बीच भागको स्पान, स्पर पिलर बगाएको प्रमुख जिल्ला अधिकारी बन्धु बास्तोलाले जानकारी दिए।

frontline

रासस

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here