बाढीबाट विस्थापितलाई सुरक्षित बसोबासको तत्काल व्यवस्था गर्न सरकारसँग माग

शनिबार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाढीबाट विस्थापित भएका मेलम्ची र त्यस वरपरका नागरिकलाई सुरक्षित बसोबासको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणासहितका नेताहरूले बाढीबाट विस्थापित भएकाहरूलाई तत्काल सुरक्षित बाससहितको राहतको व्यवस्था गर्न माग गर्नुभएको हो ।

frontline

बाढीबाट ठूलो दुःख र पीडा भोगेर बसेका त्यहाँका स्थानीयलाई सुरक्षित बासको व्यवस्था मिलाउन प्रधानमन्त्री देउवालाई भेटेर ध्यानाकर्षण गराइएको अध्यक्ष राणाले जानकारी दिनुभयो ।

राप्रपाले बाढीबाट ज्यान गुमाएका र बेपत्ता भएका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

त्यसैगरी बाढीले बगाएको स्थानीय पुल, सडक, विद्युत, खानेपानीलगायतका स्थानीय पूर्वाधार पुनर्निर्माण गर्न पनि ढिलाई नगर्न सरकारलाई सचेत गराइएको छ ।

राप्रपाले बाढीको कटानबाट मेलम्ची र त्यस वरपरको खेतीयोग्य जमिन जोगाउनका लागि तत्काल तटबन्ध निर्माण गरिदिन पनि सरकारसँग अनुरोध छ ।

अध्यक्ष राणाले सरकारले बाढीग्रस्त क्षेत्रका नागरिकलाई छिट्टै उचित राहतको व्यवस्था गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here