बाढीपहिरोबाट १५ दिनमा ६७६ परिवार विस्थापित

काठमाडौँ । यस वर्ष मनसुन शुरू भएसँगै बाढी पहिरोबाट ६७६ घर परिवार विस्थापित भएका छन् ।

असारको १५ दिनमा बाढीपहिरोका १४४ वटा घटना भएका छन् ।

frontline

यी घटनामा २७ जनाको मृत्यु भएको छ, २६ जना बेपत्ता छन् ।

बाढीबाट ५८४, पहिरोबाट ३७ र भारी वर्षाबाट ५५ गरी ६७६ घरपरिवार विस्थापित भएका हुन्, ५७२ निजी आवासमा क्षति पुगेको छ ।

यसमध्ये ११० घर आंशिक र ४६२ घर पूर्ण क्षति भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here