बाढीका कारण सिडनीका दशौं हजार मानिसको जनजीवन प्रभावित

२० असार, काठमाडौं । अष्ट्रेलियामा बाढीका कारण सिडनीका दशौं हजार मानिसको जनजीवन प्रभावित भएका छन् ।

अष्ट्रेलियामा मुसलधारे वर्षासँगै आएको बाढीका कारण सिडनीका दशौं हजार स्थानीयलाई सुरक्षित स्थानमा जान सरकारले अपील गरेको छ ।

frontline

भारी वर्षाका कारण सडक अवरुद्ध हुनुका साथै हवाई सेवा समेत प्रभावित भएको छ । न्यू साउथ वेल्सका आपतकालीन सेवा मन्त्री स्टेफानी कुकले मानिसको ज्यान जोखिममा पर्ने अवस्था आएको भन्दै सचेत रहन आग्रह गरेकाे छन् ।

सोही क्षेत्रमा गत मार्चमा अचानक आएको बाढीका कारण २० जना मानिसको ज्यान गएको थियो ।

अष्ट्रेलियाको जलवायु विभागका अनुसार केही स्थानमा ३ सय ५० मिलिमिटर वर्षा भएकाले नेपियन नदीमा बाढीको खतरा बढ्नुका साथै सिडनीको प्रमुख बाँध चुहिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here