बाढि पीडितको उद्धारमा खटिएका दुई जवानको दुर्घटनामा मृत्यु
२२ असोज, घोराही । दाङको देउखुरीमा बाढि पीडितको उद्धारमा खटिएका सशस्त्र प्रहरीका दुई जवानको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको छ ।
राप्ती गाउँपालिका–६ लठ्ठहवाका ३६ वर्षीय सुलेस चौधरी र ३६ वर्षका लहानु चौधरीको दुर्घटनामा मृत्यु भएको हो ।
बाढीपीडितको उद्धारमा खटिएर लु ४० प ४९२२ नम्बरको मोटरसाइकलमा लमहीबाट भालुबाङस्थित कार्यालय फर्किने क्रममा राप्ती गाउँपालिका–३ मसुरियामा दुर्घटना भएको थियो ।गएराती दुर्घटना भएपछि उपचारका क्रममा मृत्यु भएको शसस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्