बाघले खाएर छोडेको अवस्थामा एक बृद्धको अवशेष भेटियो
२५ मंसिर, चितवन । चितवनमा बाघले खाएर छोडेको अवस्थामा एक बृद्धको अवशेष मात्र भेटिएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १३ का ६६ बर्षीय डिल्लीराज सुबेदी अवशेष रहेको बताईएको छ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार वेलशहर मध्यवर्ती सामुदायिक वनमा उनको शरिरको खुट्टा ,हाड लगायतका केही अवशेषहरु भेटिएको हो ।
‘२२ गतेबाट नै सुवेदी हराएको भन्ने खबर थियो । वन नजिक घर रहेको र जनाबरले आक्रमण गर्यो कि भन्ने आशंकामा खोज्दै जांँदा शुक्रबार टाउको , खुट्टा र उनले लगाएका लुगा भेटिएको हो ।’ तिवारीले भने।
परिवारजनको पहिचानको आधारमा सुवेदीको अवशेष भएको तिवारीले बताउनु भयो पोष्टमार्टम रिपोर्टपछि मात्र मृतकको बारेमा सबै विवरण खुल्ने तिवारीको भनाई छ।
प्रतिक्रिया दिनुहोस्