बागलुङमा भेरोसेलको दोस्रो डोज असार २२देखि लगाइने
बागलुङ । असार कोरोना भाइरसविरूद्धको ‘भेरोसेल’ खोपको दोस्रो डोज असार २२ गतेदेखि लगाइने भएको छ । खोप शाखाका प्रमुख डा। झलक गौतमले आगामी असार २२ गतेदेखि दोस्रो डोज लगाइने जानकारी दिए ।
गौतमले झन्डै ४ लाख मानिसहरूले पहिलो मात्राको खोप लगाएको भन्दै उनीहरूलाई असार २२ गतेदेखि दोस्रो मात्रा लगाइने जनाए । सरकारले चीनबाट अनुदानमा आएको १० लाख डोज खोपको पहिलो मात्रा गत जेठ २५ गते लगाएको थियो ।
दुई दिनअघिको तथ्यांक अनुसार ३ लाख ७० हजारले पहिलो मात्रा लगाएका छन् । तर देशभरबाट तथ्यांकहरू आउने क्रम जारी छ । झन्डै ४ लाख जतिले पहिलो मात्रा लगाएको हुनुपर्छ,’ गौतमले भने ।
चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको यो खोप यसअघि पनि सरकारले ८ लाख डोज लगाएको थियो ।
उक्त खोप पनि चीनले अनुदानमै दिएको थियो । चिनियाँ खोप लगाएकाहरूले दोस्रो मात्रा पनि लगाउन पाइरहे पनि भारतमा उत्पादन भएको कोभिसिल्ड खोप भने झन्डै १३ लाख मानिसले दोस्रो डोज लगाउन बाँकी छ । तर खोप आयात हुन नसक्दा दोस्रो डोज पाउने अनिश्चित बनेको हो ।
सरकारले खोप खरिद गर्नलाई प्रयास गरिरहे पनि त्यसबाट ठोस सफलता मिलेको छैन । विभिन्न खोप उत्पादन गर्ने कम्पनीहरूलाई खोप खरिदका लागि पत्राचार गरिए पनि अहिलेसम्म ती कम्पनीबाट खोप उपलब्ध गराउनेबारे कुनै जानकारी आएको छैन ।
प्रतिक्रिया दिनुहोस्