बागलुङको बडिगाड गाउँपालिकाले सुत्केरीलाई भेट्न लोकल भाले सहित घ्यू र अण्डा

बागलुङको बडिगाड गाउँपालिकाले सुत्केरीलाई एउटा लोकल भाले, एक माना घ्यू र एक क्रेट अण्डा वितरण गर्दै आएको छ ।  जसलाई वितरण गर्न पालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी अथवा कर्मचारी सुत्केरीकै घरमा पुग्छन्।

सुत्केरी र नवजात शिशुको स्वास्थ्यलाई मध्यनजर गरी गाउँपालिकाले ‘सुत्केरी पोषण’ कार्यक्रमलाई जोड दिएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन्। सुत्केरी अवस्थामा आमाले पौष्टिकयुक्त खाना खान नपाउँदा आमा, नवजात शिशु स्वस्थ नहुने र शारीरिक समस्या आउने हुँदा चालू आर्थिक वर्षदेखि यो कार्यक्रमको सुरुआत गरेको उनको भनाइ छ। 

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here