गुल्मी मुसिकोटमा महिलाको विभत्स हत्या

१५ माघ, बलेवा । बागलुङको बडिगाड गाउँपालिकाकी एक महिलाको गुल्मीको मुसिकोट नगरपालिका–१ न्वारमा विभत्स हत्या भएको छ ।

बडिगाड गाउँपालिका–३ सिसाखानी घर भई मुसिकोट नगरपालिका–१ न्वारमा व्यवसाय गर्दै आएकी गङ्गादेवी शेरचनको शनिबार राति हत्या भएको प्रहरीले जनाएको छ ।

frontline

५८ वर्षीया शेरचनले न्वारमा ३० वर्षदेखि एक्लै होटल सञ्चालन गर्दै आएकी थिइन् । बिहान अबेरसम्म पनि होटलको ढोका नखोलिएपछि स्थानीयले परिवार र परिवारले प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको थियो ।

खबर पाएलगत्तै वामी प्रहरी चौकीबाट प्रहरी घटनास्थल पुगेको थियो । अहिले घटनास्थलमा गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटको नेतृत्वमा पुगेको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

“घटना हत्या भएको हाम्रो आशङ्का छ,” रानाभाटले भने, “अहिले कुकुरको सहायताले अनुसन्धान हुँदै छ ।” अविवाहित उनले एक्लै गङ्गा होटल सञ्चालन गर्दै आएकी थिइन् । घटनाको थप अनुसन्धान भइरहेको रानाभाटले बताए ।

शनिबार साँझ उनको होटलमा अपरिचित तीन व्यक्ति बास माग्न आएको स्थानीयले प्रहरीलाई बताएका छन् । उनीहरू बिहान निस्के ननिस्केको विषयमा प्रहरीलाई जानकारी छैन । 

गङ्गाको शव हातगोडा बाँधिएको, रगत लत्पत्तिएको अवस्थामा रहेको रानाभाटले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here