बागलुङ–पर्वतमा ९९.५ हेक्टरमा व्यावसायिक खेती : प्रधानमन्त्री केपी ओली
काठमाडौं । निर्वाहमुखी कृषिलाई व्यवसायिक, उत्पादनमुखी, रोजगारीमुखी र प्रविधिमैत्री बनाउन सरकारले कृषि आधुनिकीकरण परियोजना अघि सारेको छ ।
यस अन्तर्गत बागलुङ र पर्वतका विभिन्न स्थानमा ९९.५ हेक्टर जग्गा चक्लाबन्दी गरी व्यावसायिक फलफूल तथा तरकारी खेती सुरु गरिएको छ ।
कृषिलाई परम्परागत स्वरूपबाट आधुनिक व्यवसायमा परिणत गरेसँगै यसले उत्पादन वृद्धि मात्र नभई स्थानीय रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
यो जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।






प्रतिक्रिया दिनुहोस्