बाँकेमा सवारी दुर्घटना, १ जनाको मृत्यु, १० जना घाइते

३ भदौ, काठमाडौं । बाँकेको बैजनाथ गाउँपालिका-५ मा आज भएको सवारी दुर्घटना १ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । 

भे १ क २१९६ नम्बरको मिनी ट्रक र भे १ ज ४४९ नम्बरको म्याजिक ठक्कर खाई भे ११ प २८०० नम्बरको मोटरसाइकलमा ठोक्किँदा दुर्घटना भएको हो।

frontline

मृत्यु हुनेमा म्याजिक चालक बर्दियाको बासगढी नगरपालिका-४ बस्ने ४५ वर्षीय राम बहादुर कुँवर रहेका छन्। 

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा उनको मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका सबैको सोही अस्पतालमै उपचार भइरहेको छ। तीनैवटा सवारी साधनसहित ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here