बाँकेमा लकडाउन
कोरोनाभाइरसको संक्रमण तीव्र भएपछि जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रले बाँकेमा ९ वैशाखदेखि लकडाउन गर्ने भएको छ ।
जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले एक साताका लागि लकडाउन गर्न सिफारिस गरेपछि बाँके प्रशासनले लकडाउन गर्न लागेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । उनले लकडाउनका वेला अति आवश्यक कामबाहेक हिँडडुल गर्न नपाइने बताए । बाँकेमा ६ वैशाखमा मात्र तीन सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस्