बाँकेमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

फाइल तस्बिर

१७ फागुन, दाङ । बाँकेमा फेला परेको शंकास्पद वस्तु सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

खजुरा गाउँपालिका-३ मनकामनाचोकमा ‘नो एमसीसी’ लेखेको प्रेसर कुकर बम मंगलबार बिहान ७ बजे फेला परेको हो ।

frontline

स्थानीयले शंकास्पद रुपमा कपडाले बेरिएको अवस्थामा प्रेसर कुकर बम देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

लगतै नेपाली सेनाको टोलीले बिहान साढे ११ बजे डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

उक्त प्रेसर कुकर बम कसले राखेको भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here