बाँकेमा दादुरा संक्रमणको अवस्था भयावह बन्दै

४ माघ, काठमाडौं । बाँकेमा दादुरा संक्रमणको अवस्था भयावह बन्दै गएको छ । पुस १२ गतेदेखि नेपालगञ्ज उपमहानगरपालिकाका दुईवटा वडाबाट सुरु भएको संक्रमण मंगलबारसम्म चार वटा पालिकाका १९ वटा वडामा फैलिएको छ । 

स्वास्थ्य कार्यालय बाँकेका अनुसार मंगलबारसम्म नेपालगञ्ज उपमहानगरका १९१, खजुरा गाउँपालिकाका तीन, कोहलपुर नगरपालिकाका दुई र नरैनापुर गाउँपालिकाका १३ जना गरी २०९ जनामा दादुरा संक्रमण पुष्टि भएको छ । 

frontline

सबैभन्दा धेरै नेपालगञ्ज उप्महानगरका १५ वडामा संक्रमण फैलिएको छ । मंगलबार एकैदिन नरैनापुरमा १३ जना संक्रमित थपिएका छन् । संक्रमितमध्ये १५० जना निको भइसकेको र ५८ जना होम आइसोलेसनमा उपचाररत छन् भने एकजनाको मृत्यु भएको थियो । 

बाँकेमा दादुरा संक्रमणको अवस्था नियन्त्रणबाहिर गएपछि खोप कार्यक्रमलाई तीव्रता दिइएको छ । स्वास्थ्य कार्यालयकाअनुसार नेपालगञ्ज र खजुरामा गरी मंगलबारसम्म ३७ हजार १६ जनालाई मिजल्स भाइरस विरुद्धको खोप र भिटामिन ए वितरण गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here