बाँकेमा डेंगुुबाट संक्रमित हुनेको संख्या बढदै

२४ भदो, बाँके । बाँकेमा डेंगुुबाट संक्रमित हुनेको संख्या बढदै गएको छ ।

बाँकेमा अहिलेसम्म जिल्लाका विभिन्न पालिकाकाका ११ जनामा डेंगु संक्रमण फैलिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

frontline

गत बुधबारमात्रै डेंगुुबाट नेपालगञ्जमा दुई जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये सबैभन्दा बढी नेपालगञ्ज उपमहानगरपालिकामा पाँच, कोहलपुर नगरपालिकामा दुई र बैजनाथ गाउँपालिकामा एक जना रहेका छन् । अन्य तीन जना बुटवल र काठमाडौं आउनेजाने क्रममा संक्रमित भएको पाइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकामा डेंगु संक्रमित भेटिएपछि लामखुट्टेका लार्भा र फुल नष्ट गर्न थालिएको छ ।

यस्तै, भेरी अस्पताल नेपालगञ्जमा पनि डेंगु र भाइरल ज्वरोका बिरामीको चाप बढेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here