बाँकेका ८१ मध्ये ५२ वडामा काँग्रेस अधिवेशन सम्पन्न

२८ कार्तिक, काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँके जिल्लाका ८१ मध्ये ५२ वटा वडामा वडा कार्यसमिति र क्षेत्रीय समिति निर्विरोध निर्वाचित गरिएको छ । शनिबारदेखि सुरु भएको निर्वाचन कार्यक्रममार्फत करिव ६० प्रतिशत वडामा निर्विरोध निर्वाचित गरिएको होे ।

जिल्ला निर्वाचन परिचालन समितिका सदस्य एवम् नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष वीरेन्द्र यादवका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका २३ वटा वडामध्ये १७ वटामा निर्विरोध नेतृत्व चयन गरिएको छ । यस्तै, नरैनापुर गाउँपालिकाको ६ वटा वडामध्ये ४ वटामा निर्विरोध नेतृत्व चयन भएको छ । जस अनुसार वडा नम्बर १, ३, ४ र ५ मा निर्विरोध भएको हो । जानकी गाउँपालिकाको वडा नम्बर १ र ५ मा पूर्ण रुपमा निर्विरोध नेतृत्व चयन भएको छ भने वडा नम्बर ६ मा वडासभापति बाहेक अन्य सबै पदमा निर्विरोध भएको छ ।

frontline

खजुरा गाउँपालिकाको ८ वटा मध्ये ६ वटा वडामा पनि निर्विरोध नेतृत्व चयन भएको छ । खजुराको वडा नम्बर १, २, ५, ६, ७ र ८ मा निर्विरोध भएको हो । डुडुवा गाउँपालिकाको १ देखि ६ सम्मका पूरै वडामा नेतृत्व निर्विरोध भएको छ । राप्ती सोनारीको ९ वटा वडामध्ये ५ वटा वडामा पनि नेतृत्व निर्विरोध चयन भएको छ ।

कोहलपुर नगरपालिकाको १५ वटा वडामध्ये ५ वटा वडामा निर्विरोध नेतृत्व चयन भएको छ । कोहलपुरको वडा नम्बर १, ४, ७, ९ र १५ मा निर्विरोध भएको हो । बैजनाथ गाउँपालिकाको ८ वटा वडामध्ये ७ वटामा निर्विरोध भएको छ । उक्त गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ र ७ मा निर्विरोध नेतृत्व चयन भएको निर्वाचन परिचालन समितिका सदस्य यादवले जानकारी दिए ।

जिल्लाभरि नै निर्वाचन कार्यक्रम शान्तिपूर्ण रुपमा भएको जिल्ला सहायक निर्वाचन अधिकृत (अधिवक्ता) चित्रबहादुर शाहीले बताए । निर्विरोध हुन नसकेका बाँकी २९ वटा वडामा आइतबार मतदान भएको शाहीको भनाइ छ ।

बाँकेको वडादेखि जिल्ला तहसम्मको संशोधित निर्वाचन तालिका अनुसार कात्तिक २८ गते वडा, मंसिर १ गते पालिका, मंसिर ४ गते प्रदेशसभा, मंसिर ७ गते क्षेत्र र मंसिर ११ गते जिल्लाको निर्वाचन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here