बाँकेका दुई व्यक्ति खैरो हेरोइनसहित पक्राउ

देउखुरी । दाङको अमिलियाबाट प्रहरीले ११० ग्राम खैरो हेरोइनसहित बाँकेका दुई व्यक्तिलाई पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले लमही नगरपालिका–९ अमिलियाबाट ठूलो मात्रामा खैरो हिरोइनसहित पक्राउ गरेको हो ।

frontline

पक्राउ पर्नेमा बाँकेको डुडुवा गाउँपालिका–१ निवासी ३० वर्षीय राजु भन्ने नोर महमद दर्जी र जानकी गाउँपालिका–३ मुक्तिनगर निवासी ३६ वर्षीय राजा योगी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रहरीले उनीहरुलाई अमिलियाबाट पक्राउ गरेको थियो ।(रासस)

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here