बस्ती र पुलमुनि पहिरो जाने क्रम नरोकिएपछि दम्सादीको बस्ती र झोलुङ्गेपुल जोखिममा

सान्केतिक तस्बिर

८ कार्तिक, पोखरा : बस्ती र पुलमुनि पहिरो जाने क्रम नरोकिएपछि पोखरा महानगरपालिका २१ दम्सादीको बस्ती र झोलुङ्गेपुल जोखिममा परेको छ। यस वर्ष असारको दोस्रो हप्तादेखि दम्सादीको बस्ती र झोलुङ्गेपुल नै जोखिममा पर्ने गरी पुलमुनि पहिरो जान थालेपछि स्थानीयमा त्रास छाएको छ। 

दसैं लगतै सोमबारदेखि कात्तिकमा पनि ठूलो वर्षा हुन थालेपछि पहिरोले बस्ती नै फुस्रे खोलामा पुर्‍याउने हो कि भन्ने त्रासमा रहेको स्थनीयले बताए। ६० घर रहेको दम्सादीमा यति बेला पहिरोले दुईवटा  रेष्टुरेण्ट सहित २० घर र झोलुङ्गेपुल नै जोखिममा परेको दम्सादी टोल विकास संस्थाका उपाध्यक्ष तोयनाथ आचार्यले बताए। बस्ती र पुलमुनि पहिरो गएपछि स्थानीयमा त्रास छाएको हो। 

frontline

फुस्रेखोलाको किनार दम्सादीको बस्तीमुनिको जमिन कमेरो र गेगरयुक्त रहेकोले पानी नपर्दा पनि भक्क-भक्क जमिन खस्ने गरेको आचार्य बताउँछन्। पानी पर्दा बस्ती नै फुस्रे खोलामा खस्छ कि भन्ने त्रासले पहिरो नजिकको स्थानीय घर छाडेर अन्यत्र बस्ने गरेको स्थानीय युवराज आचार्यले सुनाए। पोखरामा आइतबार बिहान ८:४५ बजे अघिको २४ घण्टामा ३४.४ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको  छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here