बस्ती पहिरोको उच्च जोखिममा, पहिरो खस्ने डरले रातभर जाग्राम

१६ भदौ, जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका-४ को पिपलचौरका प्रेमबहादुर रावल ठुलो पानी परेको दिन रातभर सुत्दैनन्।

पहिरो खस्ने डरले जाग्राम बसेर रात काट्ने गरेको उनले सुनाए। उनले भने- ‘पहिरोले बस्ती नै जोखिममा छ। छोडेर काहाँ जाउँ अन्त जाने ठाउँ पनि छैन। जोखिम मोलेरै बस्न बाध्य छौ।’ 

frontline

बस्ती पहिरोको उच्च जोखिममा परेको छ। बस्ती नजिकैको गाँरेखोलाको कटान भएको र पहिरोले एक साथ क्षति गर्न थालेपछि पिपलचौर बस्ती उच्च जोखिममा परेको हो। त्यहाँ दर्जन बढी घर पहिरोको उच्च जोखिममा छन्।

पहिरो तथा खहरे खोलाको कटानले गर्दा बस्ती जोखिममा परेको स्थानीय रविन्द्र गौतमले बताए। कालिमाटी सिर्के सडक निर्माण गर्दा यसको असर परेको गौतमले बताए। ‘सडक निर्माणको समयमा थुपारेको माटो पानीले बगायो, खोलो बन्यो र कटान थाल्यो, त्यसले गर्दा अहिले आएर बस्ती नै धरापमा परेको छ, उनले भने। 

पहिरो रोकथाम तथा नियन्त्रण समयमै गरिएन भने यसबाट ठुलो क्षति पुग्ने गौतमले बताए। सानो पानी पर्दा पहिरो जान्छ। यसबाट यहाँका मकबहादुर सिंह, सन्देश रावल, प्रेमबहादुर रावल, कलम रावल, सत्यलालगौतम, कल्पनापन्त, मनबहादुर खत्री लगायतका घर जनकल्याण आधारभूत विद्यालय जोखिममा रहेका छन। 

‘पहिरो रोकथाम तथा नियन्त्रणतर्फ कतैबाट पनि पहल हुन सकेको छैन’, पिपलचौरका राजेन्द्र रावलले भने। यो पहिरो रोकथाम नगरिए उब्जाउ जमिन बगेर जाने खतरा हुने रावलले बताए। पहिरोले गर्दा यहाँका मान्छेहरू त्रासमा छन। स्थानीय सत्यलाल गौतमले पहिरोले आफ्नो जग्गा नै गइसकेको बताए। 

यो सबै रोडका कारणले सिर्जना भएको उनले बताए। ‘यो रोकथाम र नियन्त्रण कसरी हुन्छ सबैले एक पटक सोचौं। जालीको व्यवस्थापन गर्न सकेमा बस्ती जोगाउन सकिन्छ होइन भने गाह्रो छ’, उनले भने। वडा तथा नगर सरकारले पिपलचौर पहिरोका विषयमा आवश्यक पहल लिनुपर्ने देखिन्छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here