बसन्ती थापा एक सातादेखि वेपत्ता

५ कार्तिक, स्याङ्जा : गल्याङ नगरपालिका २ घ्याङ्सिङ्डांडाका ३५ वर्षीया बसन्ती थापा सातादेखि वेखबर छन्। पत्नीको अवस्था अज्ञात रहेपछि खोजीकार्यका लागि उनका पति चन्द्रबहादुर थापाले प्रहरी गुहारेका छन्। एक सातादेखि वेपत्ता रहेको र उनले प्रयोग गर्ने मोबाइल समेत घरमै रहेको भनी उनका श्रीमान् थापाले वडा प्रहरी कार्यालय वालिङमा निवेदन दिएका छन्।

बिहानको करिब ११ बजेको समयमा घरबाट निस्केर हिँडेकी उनी अहिलेसम्म नफर्केपछि कसैले प्रलोभनमा परि बेपत्ता बनाएको हुनसक्ने अनुमान गर्दै प्रहरी समक्ष गुहार मागेका हुन्। बसन्ती माइतीको सम्पर्कमा पनि नआएको प्रहरीले जनाएको छ।

frontline

करिब १८ वर्षअघि विवाह गरेका उनीहरुका ३ छोराछोरी छन्। उनीहरुबीच कुनै ठूलो झगडा पनि नभएको बताइएको छ। बसन्ती हिँडेको भोलिपल्ट नयाँ नम्बरबाट आफूलाई कहिल्यै सम्पर्क नगर्न भनि फोन काटिदिएको उनका श्रीमान थापाले बताए।

पत्नीको फेसबुक हेर्दा उनलाई भारतमा रहेका एक पुरुषले नियमित फोन सम्पर्क गर्ने गरेको र सोही व्यक्तिको दबाबमा रहेको आशंका थापाको छ। वालिङ स्थित प्रहरी निरीक्षक हरि पौडेलले यस विषयमा निवेदन आएको र आफूहरुले अनुसन्धान सुरु गरिसकेको जनाए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here