बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

२२ फागुन, बुटवल ।  बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत पाल्पाको तानसेन नगरपालिका ८ स्थित भालेबासमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार आइतबार दिउँसो बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु २ ख ८३५ नम्बरको बसले लु ७७ प २२०२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

frontline

दुर्घटनामा स्कुटर चालक पाल्पाको माथागढी गाउँपालिका २ का २७ वर्षीय ऋषिकेश सारु घाइते भएका थिए। घाइते सारुको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रवासमा मृत्यु भएको प्रहरी निरीक्षक पचभैयाले बताए। 

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here