बसको ठक्करबाट महिलाको मृत्यु, दुई जना घाइते

बिहीवार, सुनसरी । सुनसरीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

धरान उपमहानगरपालिका वडा नम्बर ८ तीनकुने जंगलस्थित कोशी राजमार्गमा भएको दुर्घटनाबाट मोटरसाइकल पछाडि सवार यात्रीको मृत्यु भएको हो।

frontline

मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका १७ पकली बस्ने ४० वर्षीया मिरादेवी साह छिन्।

बुधबार बिहान साढे ९ बजे धरानबाट इटहरीतर्फ जाँदै गरेको को १ त ९१४३ नम्बरको ट्याक्टरलाई पछाडिबाट आइरहेको को १ ख ५४३० नम्बरको बसले ठक्कर दिएको थियो।

त्यसैबेला बसले विपरीत दिशा जाँदै गरेको प्रदेश-१ -०२-०४० प ६४०५ नम्बरको मोटरसाइकललाई पनि ठक्कर दिएको थियो।

सो दुर्घटनाबाट मोटरसाइकल चालक मृतककै छोरा २५ वर्षीय विमल साहसमेत दुई जना घाइते भएका छन्।

मृतक मिरादेवीको घोपा धरानमा उपचारको क्रममा बिहान ११ बजे मृत्यु भएको थियो। छोरा विमलको सोही अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा संलग्न तीन वटै सवारी साधन र बस चालक धरान-१५ का ४२ वर्षीय प्रभु खड्का ईलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा छ।

उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here