बसको ठक्करबाट बालकको मृत्यु

११ असोज, काठमाडौं । धादिङको धुनिबेशी नगरपालिका–३ धोविखोलामा आज बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय लक्ष्मण पौडेलका २१ महिने छोरा ललित रहेका छन् । 

frontline

जिवनपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा २ ख १६ ६१ नम्बरको बसले आज बिहान ११ बजे ठक्कर दिदा बालक घाइते भएका थिए । 

घाइते बालकको उपचारको क्रममा बि एण्ड बि अस्पताल ग्वार्कोमा मृत्यु भएको हो । बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here