बलात्कारको आरोपमा एकै परिवारका ११ सदस्य पक्राउ

१५ माघ, नयाँ दिल्ली  । भारतको राजधानी दिल्लीमा बलात्कारको आरोपमा एकै परिवारका ११ सदस्य पक्राउ परेका छन्।

नयाँ दिल्ली प्रहरीले सामूहिक बलात्कारको आरोपमा शुक्रबार एकै परिवारका ११ सदस्य पक्राउ गरेको हो। 

frontline

बालबालिकासहित एकै परिवारका ११ सदस्य पक्राउ परेको प्रहरीले जनाएको छ।

स्थानीय युवकको बदला लिन सो परिवारका सदस्यले २० वर्षीया पीडित युवतीमाथि बलात्कार गरेको र बलात्कारपश्चात ती युवतीलाई जबरजस्ती कालो मोसो दलेर जुत्ताको माला लगाई नयाँ दिल्लीको कस्तुर्वा नगर परिक्रमा गराएको प्रहरीले जनाएको छ। 

सो घटनामा आरोपित परिवारका छोरासँग परिवारका अन्य सदस्य संलग्न भएको भन्दै सबैलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पीडित युवती हालः अस्पताल भर्ना गरिएको र उनको मेडिकल रिपोर्ट आउन बाँकी रहेको बताइएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here