बलात्कार आरोपमा बालक पक्राउ

१ साउन, पाल्पा । बालिकालाई जर्बजस्ती करणी आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । तानसेन नगरपालिका–६, कुन्सरेका १३ वर्षीय बालकले ३ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

तीन वर्षीया बालिकालाई करेसाबारीमा लागेर जबर्जस्ती करणी गर्न खोजेको भन्दै बालिकाको आमाले प्रहरीमा उजुरी दिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

frontline

घटनाको सम्बन्धमा उजुरी पर्नासाथ प्रहरीचौकी बर्तुङ र जिल्ला प्रहरी कार्यालयको अनुसन्धान टोलीले बालकलाई पक्राउ गरेको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here