बलम्बुमा १४ वर्षीय बालकको शव फेला

१० फागुन, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका बलम्बुस्थित एक खोलामा १४ वर्षीय बालकको शव फेला परेको छ। 

मंगलबार बिहान साढे ८ बजे बालकको शव फेला परेको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। 

frontline

उदयपुर घर भई चन्द्रागिरि- १२ बस्ने दीपकुमार राउतका १४ वर्षीय छोरा अनिष राउतको मृत्यु भएको हो। 

शव पानीमा डुबिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। शवमा कुनै चोटपटक भने नदेखिएको प्रहरी उपरीक्षक कोइरालाले बताए।

घटनास्थलमा महानगरीय प्रहरी परिसर काठमाडौं र महाशाखाको टोली खटिएको छ।

प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।   

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here