बर्षाका कारण माडीमा धानबाली सखाप

४ कार्तिक, चितवन : दशैंपछि परेको लगातार झरीले किसानले लगाएको धानबाली सखाप पारेको छ । यस अगाडि अविरल बर्षा र हावाका कारण किसानहरु धान काट्नबाट बन्चित भएका थिए । कता समयमा नै पाकेको धान काट्न नपाइने त होइन ? भन्ने समस्याले पिरोलिएपछि, अतालिएर पाकेको धान काट्न बाध्य भयौ । धान काटेको केही दिन नहुँदै आकाशबाट लगातार पानी पर्यो ।

निल समयमा नै उठाउन सकिएन जसले गर्दा धानबालीमा असर पुगेको माडी ७ देबेन्द्रपुरका स्थानीय एबम शिक्षक काशीनाथ सापकोटाले बताए । सिमसिम पानी तथा झरी पर्ने समस्या दिन बिराएर हुन थालेपछि बर्षभरी खाने धान खेती जोगाउन नपाएपछि किसानहरु चिन्तित भएका हुन । उसो त अहिले यो समस्या माडीमा मात्र नभएर देशभर नै देखिएको छ ।

frontline

देशका कयौं क्षेत्रहरुमा किसानहरुको बिचल्ली छ । यस्तै माडीका सबै क्षेत्रहरुमा यस्तै धान भिझ्ने र उम्रने समस्या छ । स्थानीय किसान सापकोटा भन्छन् बारीमा काटेको धानबाली खेतमा पानीमा डुबेर सोतर छ । पाकेको धान काट्न ठिक्क भएको धान पनि पानीको मात्रा बढी र पानीसंगै आएको हावाको बहाबले ढालेको बताउछन् ।

केही कुन्यु लगाएको धान पनि बाफिएर उम्रन र कुहिन थालेको उनको भनाइ छ । यतिबेला माडीका अधिकांश क्षेत्रहरुमा लगाएको झन्डै ८० बिगाहा जग्गामा धान पाकिसकेको अवस्था छ ।

अहिले खासगरी ३/४ महिनामा छिटो पाक्ने राधाचार, हर्दिनाथ, बिजि लगाएतका धानहरु बालीमा लहलह झुलिरहेको अवस्था छ । भने केही सावित्री लगाएतका धानहरु तिहारको समयतिर काट्ने बेला हुन्छ ।

किसान सापकोटा भन्छन् मौसममा यस्तै समस्या तारन्तार देखियो भने किसानहरुलाई धान बाली जोगाउन गाह्रो हुनुका साथै उत्पादनमा समेत गिरावट आउन सक्ने बताए ।

गतबर्ष धानबालीमा गवार लाग्ने, धानको बाला डढ्ने समस्यासंगै फौजी किराको आक्रमण बढेको थियो । जुन किराको कारण धानको बाला काटिने र दानाको पोषण तत्व किराले सोस्ने समस्या देखिएको थियो ।

साथै देशका केही क्षेत्रहरुमा अन्नबाली नै सखाप पार्ने सलह किरा समेत देखा परेको थियो । यसरी विभिन्न समयमा देखापर्ने प्राकृतिक बिपत्तिका कारण किसानहरु मर्कामा पर्ने तथा समयमा नै मल बीउ बिजन, नपाउने कृषि औजारको कमी, राम्रो बजार भाउ पाउन नसक्नु तथा बिक्री बितरणको लागि प्रयाप्त मात्रामा बजार नहुनु जस्ता समस्या र यस्ता समस्या हुँदापनि सरकारले राहतका कुनै अबधारणा नल्याउनु नै अहिलेको अपरिहार्य समस्या हो ।

फलस्वरूप अझ भिन्न समस्या माडीबासीका लागि जंगली जनावारले बेलाबखतमा खेतवारी तथा घरमा भण्डारण गरेको अन्नबाली खाने तथा भत्काउने र सखाप पार्नेसंगै मानिसको जिउँधन समेत खतरामा पर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here