बझाङमा स्क्रब टाइफसका बिरामीको संख्या बढे

बझाङ । पछिल्लो समय बझाङमा स्क्रब टाइफसका बिरामीको संख्या बढेको छ ।

वर्षायामको सुरुबाटै बिरामीको संख्या बढेको हो । विगतका वर्षमा फाट्टफुट्ट मात्र देखिए पनि यस वर्ष स्क्रब टाइफसका बिरामीको संख्या बढेको जिल्ला अस्पताल बझाङले जनाएको छ ।

frontline

अस्पतालमा आएका बिरामीमध्ये दैनिक तीन/चार जनालाई स्क्रब टाइफस देखिने गरेको छ । केही स्क्रब टाइफसका बिरामीलाई अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था रहेको अस्पतालका डा. मिलन खड्काले बताउनुभयो ।

अहिले जिल्ला अस्पतालका बेडहरु भरिभराउ छन् । यस्तै जिल्लाका अन्य स्वास्थ्य संस्थाहरूमा पनि भाइरल ज्वरोका बिरामीको संख्या बढेको छ ।

वर्षामा पानीका मुहानहरू सफा नहुँदा पानीजन्य रोगहरू देखापर्ने गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here