बजेट अभावमा व्यवस्थित मसानघाटको योजना अधुरै

कैलाली। बजेट अभावमा टीकापुर नगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको मसानघाट अधुरै रहेको छ । कर्णाली नदीको दौलतपुर घाटमा व्यवस्थित मसानघाट निर्माण हालसम्म अधुरै छ ।

नगरपालिकाले पहिलो वर्ष रु ७५ लाख बजेट विनियोजन गरेको थियो । व्यवस्थित मसानघाटका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिएको थियो । यसका लागि नगरपालिकाले रु चार लाख ९० हजार खर्च गरेको थियो । मसानघाटमा विभिन्न संरचनाका लागि रु दुई करोड ५४ लाखको बजेट अनुमान गरिएको छ ।

frontline

पहिलो चरणमा तटबन्ध र प्रतिक्षालय निर्माण सम्पन्न भएको थियो । त्यसमा नगरपालिकाको रु ३९ लाख ४० हजार खर्च भएको छ । निराजन कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको उक्त आयोजनाको ठेक्का रु ४१ लाख ६५ हजारमा लिएको नगरपालिकाका इञ्जीनियर नवीन ओझाले बताए। ‘नदीको पानीको बहावका कारण वर्षमा दुई–तीन महिनाभन्दा बढी काम गर्ने स्थिति थिएन । त्यसकारण ठेक्का भएको संरचना निर्माणमा समय लागेको हो’, उनले भने। चालु आवमा आयोजनाको बजेट नभएकाले काम ठप्प भएको उनको भनाइ छ । 

नगरप्रमुख रामलाल डगौरा थारूले दौलतपुरमा मसानघाट निर्माण गर्न नसकिने बताए। वातावरणीय समस्या आउने देखिएपछि बजेट विनियोजन गर्न नसकिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here