बँदेललाई थापेको धरापमा परी उदयपुरमा एकको मृत्यु
काठमाडौं । उदयपुर बारीमा मकै खान आएको बँदेलका लागि थापेको धरापमा परी उदयपुरमा एकजनाले ज्यान गुमाएका छन् ।
जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ९ राजाबासमा बँदेल थापेको विद्युतीय धरापमा परी स्थानीय जगदीशप्रसाद पोखरेलको मृत्यु भएको हो ।
रातको समय सधै बँदेल आएर मकैबाली नष्ट गर्न थालेपछि ५४ वर्षीय पोखरेलले बुधबार साँझ विद्युतीय धराप थापेका थिए ।
त्यही धराप निकाल्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी बेदप्रसाद गौतमका अनुसार बिहीबार एकाबिहानै ५ः०० बजे पासो निकाल्ने क्रममा करेन्टले घाइते भएका पोखरेलको जिल्ला अस्पताल उदयपुरमा उपचार हुदै गर्दा मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्