फ्रान्समा छ लाख बढी पन्छी मारियो
१७ पुस, फ्रान्स । फ्रान्समा छ लाखदेखि ५० हजारसम्म पन्छीहरू मारिएको छ। बर्डफ्लु फैलिन थालेपछि सरकारले शंकास्पद क्षेत्रका कुखुरा, हाँसलगायतका पन्छीहरू मार्न लगाएको हो।
पन्छीको उक्त सङ्ख्या पछिल्लो एक महिनामा मारिएको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्।
फ्रान्समा सन् २०१५ देखि बर्डफ्लुको महामारी आएको र अहिले चौथो चरणको खतरा रहेको बताइएको छ।
महामारी फैलिनसक्ने देखिएका क्षेत्रका २६ फार्मका पन्छी अहिले मारिएका कृषि मन्त्रालयले जनाएको छ।
फ्रान्सजस्तै अरु धेरै युरोपेली देशहरूमा पनि अहिले बर्डफ्लुको महामारी आउने खतरा देखिएको छ।
कोरोनाभाइरसको महामारीले मानिसलाई त्रसित पारिरहेकै बेला बर्डफ्लु भाइरसको महामारीले पीडा थपेको हो।
प्रतिक्रिया दिनुहोस्