फेसबुकले ५ सयभन्दा बढी नक्कली चिनियाँ विज्ञको अकाउन्ट हटायो

१७ मङ्सिर, बेइजिङ ।  फेसबुकको स्वामित्वमा रहेको मेटा प्लेटफर्मले ५ सयभन्दा बढी नक्कली चिनियाँ विज्ञको फेसबुक अकाउन्ट हटाएको छ। फेसबुकले अनलाइन नेटवर्कमार्फत् गलत सूचना दिने चिनियाँ विज्ञको अकाउन्ट हटाएको हो।

विल्सन एडवार्ड नाम राखेर स्विस जिव वैज्ञानिक भन्दै अनलाइनमार्फत् विभिन्न मानिसलाई झुक्याएपछि पीडितले उजुरी दिएका थिए। सो उजुरीको आधारमा फेसबुकले अनुसन्धान अघि बढाएको थियो।

frontline

चिनियाँ व्यक्तिले नक्कली विज्ञ बनेर ताइवान, हङकङ र तिब्बतबाट अफवाह फैलाउने र गलत सूचना दिने गरेको अनुसन्धानबाट खुलेको छ।

ग्लोबल टाइम्स, साङ्घाई डेली, सीजीटीएनलगायत चिनियाँ मिडियाले समेत तिनै नक्कली विज्ञको भनाइ प्रकाशित गरेको अनुसन्धानले खुलाएको छ।

सार्वजनिक उजुरी र अनुसन्धानको आधारमा सो कार्यमा संलग्न नक्कली विज्ञहरुको ५२४ फेसबुक अकाउन्ट हटाएको फेसबुकले बताएको छ। ८६ वटा इन्स्टाग्राम अकाउन्टसमेत हटाएको फेसबुकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here