फुटपाथ व्यापारीले गरे काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ

७ भदौ, काठमाडौं । फुटपाथ व्यापारीले मंगलबार काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका छन् ।

उनीहरूले मेयर बालेन्द्र शाह (बालेन)लाई ज्ञापनपत्र पनि बुझाएका छन् ।

frontline

‘सर्वसाधारणको गाँस खोस्न पाइँदैन’, ‘रोजीरोटी खोस्न पाइँदैन’ भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

महानगरले श्रमिकहरूको सम्मान गर्नुपर्ने भन्दै उनीहरूले नाराबाजी गरेका छन् ।

नगर प्रहरीले खोसेका सामान समेत फिर्ता गर्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here