फिदिममा एक वृद्धको हत्या

पाँचथर । फिदिम नगरपालिका–४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

स्थानीयवासी ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो हतियार प्रहार गरी गए राति हत्या भएको हो ।

frontline

इङ्वाको शरीर टाउकोमा गहिरो चोटपटक देखिएको प्रहरीले जनाएको छ ।

घरमा इङ्वाका वृद्ध दम्पत्ति मात्रै बस्दै आएको र श्रीमती शारीरिकरूपमा अशक्त हुनुहुन्छ ।

सासूससुरा भेट्न मृतककी बुहारी आज बिहान त्यहाँ आएपछि घटना सार्वजनिक भएको हो ।

अहिले प्रहरीले हत्या भएको घरलाई सिल गरी अनुसन्धान गरिरहेको छ ।

मृतक वृद्ध सेवा निवृत्त भारतीय सैनिक हुनुहुन्छ ।

गत बिहीवारमात्रै उहाँले निवृत्तिभरणको रकम बैंकबाट बुझेको हुनाले लुटपाटका लागि उहाँको हत्या भएको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन् ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाले थप विवरण सार्वजनिक भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

poster-here