फाइनलमा नेपालविरुद्ध गोल गर्दै बंगलादेशको अग्रता
३ असोज, काठमाडौं । छैटौं महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपालविरुद्ध गोल गर्दै बंगलादेशले अग्रता लिएको छ।
खेलको १२औं मिनेटमा गोल गर्दै बंगलादेशले अग्रता लिएको हो।
साफ च्याम्पियनसिपको फाइनलमा पहिलो पटक नयाँ देशबीच भीडन्त भइरहेको छ।
नेपालले भारतलाई हराउँदै फाइनल पुगेको हो भने बंगलादेशले भुटानलाई हराउँदै फाइनल पुगेको हो।
प्रतिक्रिया दिनुहोस्