फतुवा विजयपुरका मेयर गोपाल राय यादवसहित २१ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

१२ असार, काठमाडौं । फतुवा विजयपुर नगरपालिका रौतहटका मेयर गोपाल राय यादवविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

राय र तत्कालीन उपमेयर कान्ति देवीसहित २१ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

frontline

अख्तियारले एक करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ विगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।

रौतहटको गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिकाको लाल बकैया नदीको आन्तरिक आय व्यवस्थापनसम्बन्धी जिल्ला समन्वय समितिको रोहवरको बैठकबाट दुबै नगरपालिकाले संयुक्त रुपमा ढुंगा, गिट्टी र बालुवाको ठेक्का गर्ने र प्राप्त हुन आउने आयको फतुवा विजयपुर नगरपालिकाले ६० प्रतिशत र गुजरा नगरपालिकाले ४० प्रतिशत रकम बाडँफाँड गर्ने निर्णय भएको थियो।

फतुवा विजयपुर नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को लाल बकैया नदीको ठेक्का प्रचलित ऐन नियम विपरीत रद्द गरी नगरपालिकालाई नोक्सानी पुर्‍याएको उजुरी परेको थियो।

उनीहरुविरुद्ध अख्तियार आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ को उपदफा (१) बमोजिम विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here