फतुवा विजयपुर नगरपालिकाको सातौं नगरसभा सम्पन्न
इसत्याक अहम्द
फाल्गुन , ०३ , रौतहट
रौतहटको फतुवा विजयपुर नगरपालिकाको सातौं नगरसभा सम्पन्न भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा ४८ करोड ०५ लाख ८८ हजार २ सय बजेट प्रस्तुत गरिएको छ । नगरपालिकाको कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले उद्घाटन गर्दै बजेट प्रस्तुत गरिएकी थिइन् । चालू आवका लागि कुल संशोधित बजेट ४८ करोड ०५ लाख ८८ हजार २ सय नगरसभाबाट स्वीकृत भएको छ ।
स्वीकृत ऐन र कार्यविधिमा स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षणसम्बन्धि विधेयक, पूर्वाधार, सुशासन, खेलकुद, कृषि तथा पशु, उद्यमशीलता तथा प्रवद्र्धन, उद्योग तथा व्यापार, पर्यटन, सार्वजनिक निजी साझेदारी, समाजिक विकास, स्वास्थ्य तथा पोषण, महिला बालबालिका किशोर किशोरी, जेष्ठ नागरिक, अपांगता तथा समाज कल्याण, समाजिक विकास, सुरक्षा तथा संरक्षण, सूचना तथा संचार, विपद् व्यवस्थापन लगायतका दर्जनौं लोक कल्याणकारी नीति प्रस्तुत गरिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले आर्थिक पक्ष, ऐन तथा कार्यविधि प्रस्तुत गरेका थिए । फतुवा बिजयपुर नगरपालिकाको अनुमानि कुल बजेट ४८ करोड ०५ लाख ८८ हजार २ सय मध्ये नेपाल सरकारको संघीय बजेटबाट समानिकरण अनुदान , सशर्त अनुदान ( चालू) , सशर्त अनुदान( पुजिगत) , जम्मा रु. ३२ करोड ४१ लाख १२ हजार , संघिय बाँडफाँटबाट तर्फ रु. ९ करोड ८२ लाख १४ हजर २ सय , मालपोत सिपारिस तर्फ ३० लाख , मालपोत जग्गा रजिस्ट्रेशन बाँडफाँटबाट बापत रु. १ करोड २० लाख ,प्रदेश सरकारबाट प्राप्त हुने सवारी साधन कर रु. २५ लाख , प्रदेश समानीकारण अनुदान रु. ८० लाख ६२ हजार , प्रदेश समपुरक अनुदान रु. २० लाख , प्रदेश विशेष अनुदान रु. ३० लाख , प्रदेश सशर्त पुजिगत रु. ८० लाख , आन्तरिक श्रोत रु. १ करोड ५० लाख र सडक बोर्डबाट प्राप्त अनुदान रु. ४७ लाख गरी कुल ४८ करोड ०५ लाख ८८ हजार २ सय बजेट प्रस्तुत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्