फक्ताङलुङमा निःशुल्क आँखा शिविर

फक्ताङलुङ गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । गाउँपालिका र तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा यहाँ नौ दिने आँखा शिविर सञ्चालन गरिएको हो । 

शिविरमा एक सातामा एक हजार छ सय ५२ जनाको आँखा परीक्षण गरिएको छ । सत्तरी जनाको आँखाको शल्यक्रिया गर्ने तयारी छ । तिलगङ्गा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा र फक्ताङलुङको सहजीकरणमा यही फागुन ८ गतेदेखि सुरु भएको शिविर जारी छ । 

frontline

पहिलो दिन घुन्सा स्वास्थ्यचौकीमा ८१ जनाको आँखा जाँच भएकामा दुई जनाको मोतियाबिन्दुको समस्या देखिएको शिविरमा खटिएका चिकित्सकले बताएका छन् । शिविरको दोस्रो दिन ओलाङचुङगोला स्वास्थ्यचौकीमा ७० जनाको आँखा जाँच भएकामा चार जनामा मोतियाबिन्दुको समस्या पाइएको छ । त्यस्तै फागुन १३ गते हान्द्रुङ टार र हान्द्रुङ  दुई सय १० जनाको आँखाको परीक्षण गरिएको थियो । फागुन १४ र १५ गते छिरुवामा चार सय ८८ जनाको आँखाको उपचार गरिएको गाउँपालिकाको स्वस्थ्य शाखाले जनाएको छ । 

यस्तै फागुन १६ र १७ गते सिंवा स्वास्थ्यचौकी सिंवा बजारका आठ सय दुई जनाको आँखाको उपचार गरिउको  फक्ताङलुङका अध्यक्ष राजन लिम्बूले बताए। लिम्बूका अनुसार आज फक्ताङलुङ गाउँपालिका–५ हेल्लोक गाउँमा शिविर सञ्चालन हुनेछ । फागुन १९, २० र २१ गते गाउँपालिकाको केन्द्र तापेथोकमा शिविर सञ्चालन हुने छ । मोतियाबिन्दु र जटिल प्रकृतिका समस्या भएका बिरामीको भने पालिकाको केन्द्र तापेथोकमा सञ्चालन हुने शिविरमा शल्यक्रिया गरिने अध्यक्ष लिम्बूले बताए।

 निरन्तर तीन दिनसम्म उकाले ओरालो गर्र्दै कष्टकर पैदल यात्रापछि मात्र घुन्सा पुग्नु सकिन्छ । घुन्सा क्षेत्रमा अहिलेसम्म आँखा शिविर सञ्चालन भएको थिएन । पहिलो पटक तिलगङ्गा आँखा अस्पताल काठमाडौँको प्राविधिक टोली नै घुन्सा गाउँमा आएर सर्वसाधारणले आँखा परीक्षण गराउनु पाउँदा स्थानीय खुसी भएको घुन्साका स्थानीय सेराप शेर्पाले बताए। पालिकाको केन्द्र तापेथोकको सरस्वती माध्यमिक विद्यालयमा हुने शिविरमा आँखा उपचारमा विशेष योगदान गरेबापत इसा अवार्ड प्राप्त गर्नुभएका वरिष्ठ नेत्र रोेग विशेषज्ञ डा सन्दुक रुइतसहितको टोलीले उपचार गर्ने तय भएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here