प्रेस युनियनको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै

७ साउन, काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौँ अधिवेशन हेटौँडामा जारी छ ।

अधिवेशनको दोस्रो दिन आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । बिहान ११ बजे मतदान शुरु हुने निर्वाचन समितिले जनाएको छ ।

frontline

एक हजार ६३० जना मतदाता रहेको युनियनको चुनावका लागि दिउँसो ४ बजेसम्म मतदान गर्न सकिनेछ । मतदानसकिए लगत्तै मतगणना सुरु गर्ने निर्वाचन तालिका छ ।

नयाँ नेतृत्वका लागि पार्टीको संस्थापन र इतर निकटका पत्रकारको दुई वटा प्यानल छन् । संस्थापन पक्षको तर्फबाट अध्यक्षमा अनिता विन्दु र इतर पक्षबाट शिव लम्साल प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।

हालसम्म एक उपाध्यक्ष र तीन जना सचिवसहित २० जनाभन्दाबढी केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका बताइएको छ ।

समावेशी उपाध्यक्षमा दीपेन्द्र वान्तवा, थारु सचिवमा सहदेव चौधरी, अनलाइन सचिवमा छाँया भण्डारी र टेलिभिजन सचिवमा अशोककुमार तिवारी निर्विरोध निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here