प्रिय कम्रेड माधब नेपाल ज्यु

समयले अाज तपाई पारी हामीलाई वारि बनाए पनि हामी एउटै घरको परिवार हौ !तपाईंलाई चोट लाग्दा हामीलाई दुख्छ😥,बर्खाको भेल हिउँदमा अवस्य सुक्ने छ अनि फेरि तपाईं हामी एकै ठाउँमा हुने नै छौँ😍 ,अासा गरौं हिउँद कुर्न नपरोस् 🤔चाडैं कोही त्यस्तो ब्यक्ति अाउने छ र उक्त खहरे खोलामा पुल हाल्दिने छ 😘अनि हामी फेरि सँगै हुनेछौं 😊। कम्रेड जे नहुनु थियो तपाईं पारि हामी वारि भई सकेपछि हतार गरेर भेट्न खोज्दा खोलाले बगाएर मर्न पनि सकिन्छ🙂 । पुल हाल्न पनि त केही समय त लाग्छ नि त्यो समय सम्म तपाईंले अाफुमा अात्माबल कायम राखिरहनु होला र बेला बेला वारि पट्टी सम्मपर्कमा रहिरहनु होला ✊।तपाईंलाई थाहा नै छ साईला दाईको रिस अलि कडा भएनि मनमा पाप छैन भनेर ,🤔अाफै सोच्नुस् त तपाईंको पालामा हामीले अरुले दिएको खान पर्ने अवस्था बाट अाज समाजमा सबै भन्दा सम्पन्न परिवारको रुपमा पुराएको त साईला दाईले नै होइन र ???🤔अनि तपाईंले पनि तल्लो घर टुल्केको कुरा सुनेर भाइ सँग अौसाबन्डा माग्नु भएछ🤨तपाई त हामी सबैको अभिभावक बनेर पो बस्नपर्थ्यो त अनि पो घर बलियो हुनेथियो छिमेकीले हेप्न सक्ने थिएन 😚तपाईंले साईला दाईलाई सरापेको देखेर तल्लो घरे टुल्केको नोकरले समेत दाईको बारेमा फेसबुकमा कुरा काट्न भ्याईसकेछ 😗😙 अब समय बित्दै जाँदा दाईको रिस पनि मर्छ हामी पनि दाईलाई सम्झाउला तर तपाईं चै अाफ्नो ख्याल गर्नुहोला सुनेको थिए पारि पट्टी बनझाक्रीहरु बसेका छन् रे अाउलान ललाई फकाई पार्लान उनिहरुलाई झाक्रि मन्त्र पनि अाउछ रे मन्त्रर्लान चनाख हुनुहोला फेरि बनझाक्रिको जालमा पर्नु भएर अोडार तिर लाग्नु होला । तिनिहरु त खतरनाक हुन्छन् रे उनिहरुले सिकाएको सबै मानुनजेलसम्म मात्र राख्ने हुन् उनिहरुले सिकाएको सिक्नु भएन भने बनझाक्रिको बाउ देखि उनिहरुको साखासन्तान सबैले चिथोरी चिथोरी खान खोज्छन् रे !!!हुन त हामी सानो छदा पनि सुनेको थियौं तपाईं बनझाक्रि सँग कुस्ति नै खेलेको रे भनेर हामीलाई भन्दा हजुरलाई नै थाहा होला बृस्तितरुपमा !!!

सुरज खतिवडा

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here