प्रहरी प्रमुख एसपी अधिकारीसहित ६ प्रहरी दुर्घटनामा

चितवन । चितवनका प्रहरीका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीसहित ६ जना प्रहरी टोली दुर्घटनामा परेको छ ।

नारायणगढ–मुग्लिन सडक खण्ड र बाढीका कारण क्षति भएको मुग्लिन पुलको अनुगमन गरि र्फकिने क्रममा एसपी ओमप्रसाद अधिकारीसहित ६ जना प्रहरी टोली दुर्घटनामा परेका हुन् ।

frontline

मुग्लिन सडक खण्डको गाईघाटमा माल वाहक ट्रकको ठक्करबाट एसपी अधिकारीसहित ६ जना घाईते भएको चितवनका प्रमुख जिल्ला अधिकारी (सिडियो) प्रेम लामिछानेले जानकारी दिए ।

“हामी मनसुन सुरु भएकोले विभिन्न ठाँउमा आफै सुरक्षा टोलीसहित निरीक्षण गर्ने अभियानमै थियौँ, मुग्लिन सडक र मुग्लिन पुलको अवस्थामा निरीक्षण गरेर फर्किदै थियौँ सिडियो लामिछानेले भने–एसपी साबको गाडी अगाडी थियो, एक्कासी ट्रकले हान्यो, धन्य केहि भएन् । हामी अन्य टोलीलाई केहि भएन् ।”

नारायणगढबाट मुग्लिन तर्फ जादै गरेको ना ६ ख ६०११ नम्बरको मालवाहक ट्रकले जिल्ला प्रहरी कार्यालय चितवनको एसपी सवार बा २ ज ३४७२ नम्बरको जीपलाई ठक्कर दिदाँ एसपीसहित ६ जना प्रहरी टोली घाईते भएका हुन् ।

घाईते एसपी अधिकारीको टाउको, मुख र हातमा चोट लागेको चितवन प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए ।

भने बाँकी ५ जना प्रहरीहरुको समेत कतै टाउको कतै हातमा चोट लागेको छ ।

घाईते सबैको कलेज अफ मेडिकल साईन्सेस् शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचार भईरहेको छ ।

ट्रकको ठक्करका कारण प्रहरीको जीपको अगाडी भाग पूर्ण रुपमा क्षति छ ।

भने ठक्कर दिने गाडी र चालक चितवन प्रहरीको नियन्त्रणमा रहेको छ ।

“घाईते एसपी अधिकारीले भने निरीक्षण सकाएर फर्किदै थिए , सोचेको पनि थिईन् , एयर म्यागका कारण ठुलो दुर्घटनाबाट बचे ।”

प्रतिक्रिया दिनुहोस्

poster-here