प्रभु र सेञ्चुरी बैंकबीच मर्जरमा जाने सम्झौता

१५ साउन, काठमाडौं । प्रभु बैंक र सेञ्चुरी बैंकबीच मर्जरमा जाने सम्झौता भएको छ ।

आइतबार बेलुका दुई बैंकबीच मर्जरमा जाने सम्झौता भएको छ । प्रभु बैंक र सेञ्चुरी बैंकले १:१ को अनुपातमा मर्जरमा जाने सम्झौता गरेका हुन् ।

frontline

सम्झौता अनुसार मर्जरपछि बन्ने संस्थाको नाम प्रभु बैंक हुने छ । सञ्चालक समितिको अध्यक्षमा सेञ्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठ हुनेछन् ।

प्रमुख कार्यकारी अधिकृतमा प्रभु बैंकका प्रमुख कार्यकारी अशोक शेरचन हुनेछन् । यस्तै सेञ्चुरी बैंकका सीइओ मनोज न्यौपाने डेपुटी सीइओ हुनेछन् ।

प्रभु र सेञ्चुरी बैंकबीच असार मसान्तमा नै मर्जरमा सम्झौता गर्ने सहमति भएपनि अन्तिम हस्ताक्षर भएको थिएन ।

असार मसान्तभित्र हस्ताक्षर भएको भए मर्जरपछि लगानीकर्ताले लाभकरमा छुट पाउने थिए । अब भने राष्ट्र बैंकले दिने नियामकिय सुविधा मात्र पाउेछन् ।

गत आर्थिक वर्षमा प्रभु बैंकले २ अर्ब ६० करोड नाफा गरेको थियो । बैंकसँग १ खर्ब ७८ अर्ब निक्षेप छ । यस्तै कर्जा १ खर्ब ४५ अर्ब छ ।

सेञ्चुरी बैंकले गत वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छैन । बैंकले नाफा १ अर्बभन्दा बढी गरेको छ भने निक्षेप १ खर्बभन्दा बढी संकलन गरेको छ ।

प्रभु बैंकमा यसअघि ग्राण्ड बैंक सहित विकास बैंक तथा फाइनान्स कम्पनीहरु गाभिएको छ । यस्तै सेञ्चुरी बैंकमा विकास बैंक तथा फाइनान्स कम्पनी गाभिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here