प्रधानमन्त्रीसँगको फोटो सेयर गर्दै दीपकराज : कमेन्टसँग डराएर जिन्दगी बाँच्न छोड्नुभएन

News Summary

Generated by OK AI. Editorially reviewed.

  • अभिनेता दीपक गिरीले सामाजिक संजालमा प्रधानमन्त्री ओलीसँगको फोटो सेयर गर्दा आफू नडराउने बताएका छन्।
  • उनले विगतमा सामाजिक संजालमा गाली खानुपरेको अनुभवलाई व्यंग्य गर्दै, प्रधानमन्त्रीको सम्मान गर्न आवश्यक रहेको बताएका छन्।
  • यसले देशभक्तिपूर्ण र सकारात्मक सोचलाई प्रवर्द्धन गर्नुपर्ने सन्देश दिएको छ।

काठमाडौं । अभिनेता दीपकराज गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको फोटोलाई सामाजिक संजालमा सेयर गर्दा आफू नडराउने बताएका छन् ।

frontline

सिनेपाः छायांकन स्टुडियोको निर्माण सुरु भएको जानकारी गराउन बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्रीसँग दीपकको भेट भएको हो ।

प्रधानमन्त्री ओलीले फेसबुकमा सेयर गरेकै फोटोलाई दीपकले पुनःसेयर गरेका छन् । उनले प्रधानमन्त्रीको फोटो सेयर गर्दा विगतमा सामाजिक संजालमा गाली खानुपरेका केही किस्सालाई कटाक्ष गरेका छन् ।

दीपक लेख्छन्, ‘ आजको फोटो ….!!! प्रधानमन्त्रीसँग किन फोटो हालिस ? अब तेरो…..। यस्तै यस्तै कमेन्ट आउने होला ! तर कमेन्टसँग डराएर जिन्दगी बाँच्न छोड्नु भएन ! कि प्रधानमन्त्री फेर्ने साहस गर्नुपर्छ । होइन भने देशको प्रधानमन्त्रीको सम्मान गर्दा अपमान बोध गर्नुपर्दैन.! जय सकारात्मकता ….।’

यसअघि प्रधानमन्त्रीको ओलीको प्रशंसा गर्दा कलाकार प्रकाश सपुतको फिल्म ‘वसन्त’लाई वहिष्कार गरौं भन्ने ट्रेन्ड सामाजिक संजालमा चलेको थियो । यो सन्दर्भमा, दीपकले फोटो सेयर गर्दै प्रधानमन्त्रीको फोटो सेयर गर्दा गाली गर्ने प्रवृत्तिलाई व्यंग्य गरेका हुन् ।

दीपकराज गिरी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here