प्रधानमन्त्रीले मागे विश्वासको मत, देउवाले गरे अस्वीकार

श्रोत: ईन्टरनेट

बुढानिलकण्ठ भेटवार्ता

कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको मंगलबार बसेको बैठकले प्रधानमन्त्री ओलीले संसदमा लिने विश्वासको मतलाई असफल बनाउने निर्णय

काठमाण्डु । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री अ‍ोलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आज साँझ बूढानीलकण्ठ निवासमा भएको भेटमा संसद्मा आफूलाई विश्वास मत दिन आग्रह गरे ।

frontline

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका लागि सँगै लडेका दलबीच सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् ।

सभापति देउवाले भने विश्वासको मत दिन नसकिने स्पष्ट पारेको भेटमा सहभागी कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । यही वैशाख २७ गते विश्वासको मत प्रयोजनका लागि प्रतिनिधिसभा बैठक बस्दै छ ।

सभापति देउवाले कोराना भाइरसको संक्रमण भयावह भएकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका थिए । सभापति देउवाले संसद्को बजेट अधिवेशन बोलाउन ढिला भइरहेका अवस्थामा संसद्लाई छलेर सरकारले अध्यादेश ल्याएको भन्दै आपत्तिसमेत जनाएका थिए ।

भेटवार्तामा एमालेका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा तथा कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा शशांक कोइराला र पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र सहमहामन्त्री डा महत सहभागी थिए।

कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको मंगलबार बसेको बैठकले प्रधानमन्त्री ओलीले संसदमा लिने विश्वासको मतलाई असफल बनाउन निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here