प्रधानमन्त्रीलाई अध्यक्ष ओलीको प्रश्न, ‘स्थानीय चुनावको मुखैमा भारत भ्रमणमा किन जानु भो ?’

फाइल फोटो

१९ चैत, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनावको मुखैमा भारत भ्रमणमा किन गएको भनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।

शुक्रबार पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले काठमाडौंमा आयोजना गरेको चुनाव केन्द्रित भेलामा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई यस्तो प्रश्न गरेका हुन् ।

frontline

पूर्वप्रधानमन्त्री समेत रेका अध्यक्ष ओलीले ‘यतिसमय नगएर ठ्याक्कै चुनाव अगाडि किन जानुभयो ?’ भनेर आशंका समेत व्यक्त गरे । प्रधानमन्त्री आउनेबित्तिकै ‘यतिबेरै किन भारत भ्रमणमा जानु भो ?’ भनेर आफूले प्रश्न सोध्ने पनि उनले बताए ।

अध्यक्ष ओलीले भनेका छन्, ‘प्रधानमन्त्रीजी विदेश जानु भएको छ, ठ्याक्कै चुनाव अगाडि किन जानु भयो कुन्नि ? आएपछि सोध्नुपर्ला, यति समय किन जानु भएन, यतिबेरै किन जानु भो भनेर । यही समयमा किन जानु भो भनेर ?’

त्यस अवसरमा ओलीले आगामी निर्वाचनमा पाँच दलीय सत्तारुढ गठबन्धनको चिन्ता नलिन पनि विद्यार्थी नेता, कार्यकर्तालाई सचेत गराए । पाँच दलीय गठबन्धन केजीको ढक भएको र आफ्नो पार्टी क्वीन्टलको ढक भएकाले चुनावमा चिन्ता लिनुनपर्ने उनको तर्क थियो ।

अध्यक्ष ओलीले एमाले जितुवा बानी परेको पार्टी भएको उल्लेख गर्दै यसले अब हार व्यहोर्नु नपर्ने जिकिर गरे । माधव नेपालको पालामा जस्तो हार्ने बानी एमालेमा नभएको ओलीले गरे । देश बनाउनका लागि चाहिने भएकाले पनि एमालेलाई विजय गराउने गरी निर्वाचनमा जुटन पनि उनले पार्टीका युवा, विद्यार्थीहरुलाई निर्देशन दिए ।

उनले भनेका छन्, ‘पहिले एमालेलाई माधव नेपालहरुले हार्ने बानी लगाए । अब एमालेको हार्ने बानी छैन । जित्ने बानी हो । माधव नेपाल पालाको हार्ने आदत एमालेले छोडिदियो । २४० सिट लड्दाखेरी ३३ सिटमा खुम्चने ।

एमाले भाले हो कि पोथी हो भन्ने मान्छे । के नीति हो, एमालेको थाहा छैन जिस्क्याउने । अनि न काँग्रेसको विरोधमा दुई शब्द बोल्न सक्ने ?

जानुपर्ने रहेछ, काँग्रेसमा के बोल्नु ? काँग्रेसका विरुद्ध । पछि लाग्नुपर्ने रहेछ, काँग्रेसको कसरी बोल्नु । प्रचण्ड पथ कस्तो रहेछ ? प्रचण्ड पथ भनेको कन्तविजोग नै हो ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here