प्रधानमन्त्री‘प्रचण्ड’लाई भेट्न अध्यक्ष ओली पुगे खुमलटार

१३ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई भेट्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली खुमलटार पुगेका छन् ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली केहीबेर अघि खुमलटार पुगेको बताइएको छ ।

frontline

विरलै प्रचण्ड निवास पुग्ने गरेका ओली आज तेस्रो पटक त्यहाँ पुगेका हुन् । उनी अन्तिमपल्ट नेकपा विभाजन हुँदा खुमलटार पुगेका थिए ।

भेटमा उनीहरुबीच मन्त्रिपरिषद विस्तार र माधव नेपालको पार्टीलाई सरकारमा सहभागी गराउने विषयमा छलफल गर्ने जनाइएको छ ।

स्रोतका अनुसार खुमलटारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here